२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

छिमेकी चीनको तिब्बतस्थित एक हिमताल फुटेपछि ठूलो बाढी रसुवाको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेको छ। मङ्गलबार बिहान आएको बाढी हिमनदीमा बनेको ठुलो ताल फुटेर आएको हो। बाढीले त्रिशूली नदी हुँदै भोटेकोशी क्षेत्रसम्म प्रभाव पारेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टका अनुसार बाढी चीन–नेपाल सीमा क्षेत्रमाथिको हिमनदीमा बनेको पोखरी फुटेपछि आएको हो। हिमनदीको पानी ल्हेन्देखोला हुँदै भोटेकोशी, त्यसपछि त्रिशूली हुँदै नेपालमा छिरेको छ। भट्टका अनुसार स्याटेलाइट तस्बिरहरूले ताल फुटेको स्पष्ट देखाएका छन्।

तस्बिर विश्लेषण अनुसार आइतबारसम्म ६ लाख ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल मङ्गलबार बाढी आएपछि चार लाख ३५ हजार वर्गमिटरमा झरेको देखिएको छ। केही भागमा अझै पनि पानी जमिरहेको छ। “नेपालतर्फ बाढीको निकास लिँदा ठुलो कुलेसो बनेको छ,” भट्टले बताउनुभयो।

जलवायु परिवर्तनको प्रत्यक्ष असर

विशेषज्ञहरूका अनुसार यस्ता घटना जलवायु परिवर्तनको कारण तीव्र तापक्रम वृद्धि र हिउँ पग्लिनुका परिणाम हुन्। हिममण्डल अनुसन्धानकर्ता अमृत थापाले बाढी आउनु केही दिनअघि हिमनदीको माथिल्लो भागमा अत्यधिक हिउँ पग्लिएको देखिएको बताउनुभयो। “हिउँ र बरफ पग्लिएर पोखरीमा जम्मा भएको र जमिन कमजोर भएकाले पानीको चाप थेग्न नसकी फुटेको हो,” थापाले भन्नुभयो।

उता, चाइनिज एकेडमी अफ साइन्सका वैज्ञानिक नितेश खड्काले सुप्राग्लेसियल ताल — जुन हिमनदीको सतहमा बनिन्छन् — फुटेर रसुवामा बाढी आएको बताएका छन्। उहाँका अनुसार यस्ता तालहरू तापक्रमको उतारचढावले अस्थायी रूपमा बन्ने र तुरुन्तै फुट्ने खालका हुन्छन्।

देशभर यस्ता जोखिम बढ्दै

मुस्ताङको लोमन्थाङ, हुम्लाको तिलगाउँ र सोलुखुम्बुको थामे गाउँ जस्ता क्षेत्रमा विगतमा पनि यस्तै हिमताल फुटेर बाढी आएका थिए। सन् २०१५ यता यस्ता तालहरूको विस्तृत अध्ययन नभएको र अहिले पनि २१ वटा जोखिमयुक्त हिमताल नेपालभित्र रहेको तथ्य प्राधिकरणले जनाएको छ। सीमा क्षेत्रमा रहेका ४७ वटा तालले थप खतरा निम्त्याइरहेका छन्।

पर्वतीय अनुसन्धानकर्ता सुदीप ठकुरीका अनुसार हिन्दकुश हिमालय क्षेत्रमा तापक्रम लगातार बढिरहेको छ, जसले हिमनदी पग्लाउने गति तीव्र बनाएको छ। “यस्तो अवस्थामा हिउँ पग्लिएर बन्ने तालहरू जुनसुकै बेला फुट्न सक्छन्,” ठकुरीले भन्नुभयो।

वैज्ञानिक निगरानी र तयारीको खाँचो

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमतालहरूमा नियमित निगरानी र वैज्ञानिक अध्ययन आवश्यक भएको बताएको छ। यसैबीच, रसुवामा बाढीको प्रभाव र थप जोखिम मूल्याङ्कन गर्न सरकारी टोली खटिएको छ।

विशेषज्ञहरू भन्छन् — यस्ता घटनाहरू अब नियमित हुन सक्ने भएकाले, हिमनदी क्षेत्रको निगरानी, समयमै सूचना प्रवाह र जोखिम न्यूनीकरण उपायमा राज्य गम्भीर हुनुपर्ने समय आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय