२६ माघ २०८२, सोमवार
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको पुष्टि गरेका छन् ।
उनले लेखेका छन्, ‘उनलाई नरगिस)लाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा छ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि डेढ वर्ष जेल सजाय सुनाइएको छ ।’नरगिस विगत केही वर्षदेखि जेल सजाय भुक्तान गर्दै आएकी छन् । डिसेम्बर २०२४ मा स्वास्थ्य अवस्थाका कारण उनलाई तीन साताका लागि जेलबाट अस्थायी रिहा गरिएको थियो ।
मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
