२२ माघ २०८२, बिहिवार
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन्।
पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरे।देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे। उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे।
उनले प्रधानमन्त्रीको छनोट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए। अध्यक्ष घिसिङकाअनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन्।
‘उज्योलो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो। नयाँ ऊर्जा र जोश लिएर आएको पार्टी हो। उज्यालो नेपाल पार्टीसँग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ। यी दुवै पार्टी जेनजी आन्दोलनपछि स्थापना भएका पार्टी हुन्। राष्ट्रिय परिवर्तन पार्टी जेनजी आन्दोलनका घाइतेहरूको पार्टी हो। दुवै पार्टीले जेनजी आन्दोलनको भावना र मागलाई बोकेको छ। यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ। हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरू यो पार्टीमा छौं।’
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
