२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

नेपालले लगातार दोस्रो जित दर्ता गर्दै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको छ। सोमबार राति दुबईको शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले तीन खेलको सिरिज जितेको हो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिज १७ ओभर एक बलमै ८३ रनमा अलआउट भयो। नेपालको बलिङतर्फ आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका उनले पहिलो खेलमै आफ्नो प्रभाव देखाए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए। वेस्ट इन्डिजतर्फ जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए भने अरू तीन ब्याटर मात्र दोहोरो अंकमा पुगे।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा ६३ रन जोडे। अन्य ब्याटरबाट भने ठूलो योगदान आएको थिएन।

बलिङमा वेस्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २–२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए।

यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। यससँगै नेपालले सिरिज जित सुनिश्चित गरेको छ। सिरिजको तेस्रो र अन्तिम खेल मंगलबार हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय