२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

नेपालले लगातार दोस्रो जित दर्ता गर्दै वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेको छ। सोमबार राति दुबईको शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले तीन खेलको सिरिज जितेको हो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिज १७ ओभर एक बलमै ८३ रनमा अलआउट भयो। नेपालको बलिङतर्फ आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका उनले पहिलो खेलमै आफ्नो प्रभाव देखाए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए। वेस्ट इन्डिजतर्फ जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए भने अरू तीन ब्याटर मात्र दोहोरो अंकमा पुगे।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा ६३ रन जोडे। अन्य ब्याटरबाट भने ठूलो योगदान आएको थिएन।

बलिङमा वेस्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २–२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए।

यसअघि शनिबार भएको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। यससँगै नेपालले सिरिज जित सुनिश्चित गरेको छ। सिरिजको तेस्रो र अन्तिम खेल मंगलबार हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय