२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा छलफल गर्ने भएको छ।

समितिको बैठक आज बिहान १० बजे बस्ने तय भएको छ। बैठकमा बजारमा देखिएको ग्यास आपूर्ति समस्या र यसको व्यवस्थापनबारे छलफल हुने कार्यसूची रहेको छ।

छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव तथा मन्त्रालयका सचिवलाई समितिले आमन्त्रण गरेको छ।

बैठक प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्नेछ।

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताले समस्या भोगिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै समितिले सम्बन्धित मन्त्री र मन्त्रालयका अधिकारीसँग आपूर्ति व्यवस्थापनबारे छलफल गर्न लागेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय