२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि प्रकारको सेना स्वीकार्य नहुने बताएका छन्। विभिन्न नाममा समूह गठन गरेर आफूलाई सेना घोषणा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले त्यस्ता समूहमाथि कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सुनसरी र मधेसका घटनाका क्रममा चर्चामा आएको ‘हिन्दु सम्राट् सेना’प्रति संकेत गर्दै नेपालमा एउटै मात्र सेना नेपाली सेना रहेको बताए।

उनले ठाउँ–ठाउँमा आफूलाई सेना घोषणा गर्ने समूह गठन हुनु गम्भीर विषय भएको उल्लेख गर्दै त्यस्ता समूहसँग सरकारले वार्ता गर्नुको सट्टा कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।

सांसद राईले २०८३ साउन ५ गते जनकपुर जाँदा आफूलाई एक समूहले अवरोध गर्न खोजेको र आफ्ना सहयोगीमाथि कुटपिट भएको घटनासमेत संसदमा उठाए। निर्वाचित सांसदले आफ्नै देशमा निर्बाध रूपमा हिँडडुल गर्न नपाउनु कानुनी शासनमाथिको प्रश्न भएको उनको भनाइ थियो।

उनले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर घटनामा संलग्नमाथि कारबाही गर्न आग्रह गरेको उल्लेख गर्दै त्यसबारे हालसम्म भएको प्रगतिबारे पनि प्रश्न उठाए।

यसैबीच, सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। उक्त अभिव्यक्ति अहिलेसम्म संसदको रेकर्डबाट नहटाइएको भन्दै उनले त्यसलाई तत्काल सच्याउन माग गरे।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति तत्काल सच्याइनुपर्ने र संसदको अभिलेखबाट हटाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय