२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकदेखि सांसदसम्म सुरक्षित नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले आफूहरू कुन देशमा रहेको भन्ने प्रश्नको उत्तर खोजिरहेको बताए ।

उनले देशमा सुरक्षा, न्याय, सेवा सुविधा र अवसरको अभाव रहेको दाबी गरे । राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने भए पनि नागरिक सुरक्षित नरहेको उनको भनाइ छ ।

साम्पाङले भने, ‘हामी देशमा त छौँ तर कस्तो देशमा छौँ भन्ने कुराको उत्तर खोजिरहेका छौँ । यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्रीले हामीले छिमेकी मुलुकको सिमाना मिचेका छौँ भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन । न्याय छैन, सेवा सुविधा र अवसर छैन ।’

उनले नागरिक मात्रै नभई सांसदसमेत सुरक्षित नरहेको बताए । ‘राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो । नागरिक आज सुरक्षित छैनन् । सांसद पनि सुरक्षित छैनन्,’ उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय