२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन्। ती घटनामा ५६ जनाको मृत्यु भएको छ भने ७१९ जना घाइते भएका छन्। सबैभन्दा धेरै ७२ वटा सर्पदंशका घटना कञ्चनपुरमा दर्ता भएका छन्। तथ्यांकअनुसार सर्पदंशबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित छलफलमा सहभागी विज्ञहरूले सर्पदंशबाट हुने मृत्यु र घाइतेको संख्या घटाउन जनचेतना अभिवृद्धि तथा सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।

विज्ञहरूका अनुसार सर्पदंशबाट विशेषगरी गरिब, कृषक तथा बालबालिका बढी प्रभावित हुने गरेका छन्। सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा नलागी तत्काल अस्पताल वा उपचार केन्द्रमा लैजानुपर्नेमा उनीहरूले जोड दिएका छन्।

छलफलका क्रममा मनसुनका बेला सर्पदंशका घटना बढ्नुका कारण, जोखिम न्यूनीकरणका उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने तत्कालीन सावधानी तथा दीर्घकालीन समाधानका विषयमा पनि चर्चा भएको थियो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेलले नेपालमा सर्पदंशलाई अझै उपेक्षित विपद्का रूपमा लिइएको उल्लेख गर्दै यसको रोकथाम सम्भव रहेको बताए। उनले स्थानीय समुदायलाई सचेत र सक्षम बनाउनुका साथै सुरक्षित र प्रभावकारी उपचार सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी अन्य विज्ञहरूले स्वास्थ्य संस्थासम्म पुग्ने सडक तथा यातायातको पहुँच सुधार, स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम उपलब्ध गराउने तथा उपचार केन्द्रबारेको जानकारी सर्वसाधारणसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय