२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ |

तराई आर्क क्षेत्रअन्तर्गत सञ्चालन भएको ‘आरईडीडी प्लस’ उत्सर्जन कटौती कार्यक्रमले करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड घटाउन सफल भएपछि नेपालले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैंयाँ प्राप्त गरेको छ।

इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (ईआरपीए) अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो। विश्व बैंकले जारी गरेको विज्ञप्तिमा नेपालले वन विनाश रोक्न, दिगो वन व्यवस्थापन अगाडि बढाउन र समावेशी संरक्षण गतिविधि विस्तार गर्न गरेको प्रयासलाई यो उपलब्धिले सशक्त रूपमा पुष्टि गरेको उल्लेख छ।

विश्व बैंकले उपलब्ध भुक्तानीले स्थानीय समुदाय, आदिवासी जनजाति र वनमा निर्भर समूहका लागि दिगो जीविकोपार्जनका अवसर बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले समुदाय, सरकार र संरक्षण क्षेत्रको संयुक्त प्रतिबद्धता प्रमाणित भएको बताउँदै आगामी चरणमा अझ प्रभावकारी कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय