२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

राजावादी अभियन्ता तथा विवादित व्यवसायी दुर्गा प्रसाईंको पक्राउसँगै उनको नजिकको संगठन नागरिक बचाउ दलले तत्कालै सडक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले शान्ति–सुरक्षामा खलल पुग्ने अभिव्यक्ति दिँदै आएको आरोपमा नियन्त्रणमा लिएको हो।

प्रसाईंलाई पक्राउ गरिएको विरोधमा आजैदेखि देशव्यापी आन्दोलन थाल्ने नागरिक बचाउ दलले बताएको छ। दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले ‘सरकारले अपहरण शैलीमा नेता प्रसाईंलाई उठाएको’ आरोप लगाउँदै अब आन्दोलन मंसिर ७ सम्म पर्खिन नसक्ने बताए।

प्रसाईंलाई पक्राउ गरेसँगै काठमाडौं प्रहरीले उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको छ। केही दिनअघि मात्र पत्रकार सम्मेलनमार्फत उनले मंसिर ७ गते काठमाडौं केन्द्रित ‘देशै ठप्प पार्ने’ आन्दोलन गर्ने घोषणा गरेका थिए।

नागरिक बचाउ दलका नेताहरूले आजैदेखि नै काठमाडौंसहित देशभर प्रदर्शन सुरु गर्ने तयारी रहेको बताएका छन्। उनीहरूको भनाइमा, ‘प्रसाईंको गिरफ्तारीले सरकाले नै तनाव बढाउने काम गरेको छ।’

यसअघि पनि प्रसाईंका अभिव्यक्ति र आन्दोलनका तयारीलाई लिएर सुरक्षा निकायले उनीमाथि निगरानी बढाएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय