२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मातहतका सबै सचिवहरूलाई सेवाप्रवाह सुचारु र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न कडा निर्देशन दिएकी छन्। सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालयका सचिवहरूसँग उनले ‘नतिजामुखी प्रशासन’ निर्माणमा जोड दिइन्।

बैठकमा उनले मन्त्री नहुँदा काम रोकिने अवस्था नआओस् भनेर आवश्यक अधिकार सचिवहरूलाई प्रत्यायोजन गरिएको र आवश्यकता भए अझै अधिकार दिन तयार रहेको स्पष्ट गरिन्। उनले भने, “काम रोकिने कुनै बहाना मानिँदैन, जिम्मेवारी तपाईँहरूकै काँधमा छ।”

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले उठाएका छिटोछरितो र पारदर्शी सेवा प्रवाहका अपेक्षाअनुसार ब्युरोक्रेसीले सक्रियता देखाउनुपर्ने बताइन्। उनले ब्युरोक्रेसीलाई ‘स्थायी सरकार’ भन्दै अनुभव, दक्षता र विशेषज्ञता प्रयोग गरेर परिणाम देखाउन आग्रह गरिन्।

उनले थपे, “मन्त्रीको अनुपस्थितिले फाइल थुनिनु हुँदैन। रोकिएका काम तुरुन्त अघि बढाउनुहोस्। ठीक निर्णय गर्न म सहयोग गर्छु, तर काम गर्ने तपाईँहरू नै हो।”

बैठकमा प्रधानमन्त्रीले कुनै पनि प्रकारको आलटाल र बहानाबाजी नसहने चेतावनी पनि दिएकी थिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय