२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँ–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, बारा कलैया नगरपालिका घर भई काठमाडौँ बस्दै आएका सेफले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गर्दै आएको सूचना प्राप्त भएको थियो। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउको क्रममा प्रहरीले सेफको प्रयोगमा रहेका दुई थान मोबाइलसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सेफले १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँभन्दा बढी बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।

अधिकारिहरूका अनुसार, अभौतिक मुद्रा प्रयोगसम्बन्धी कानुन उल्लङ्घन भएकाले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय