२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा लुम्बिनी लायन्सका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै अलआउट गराएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमै सबै विकेट गुमाउँदै कमजोर स्कोरमा समेटिन पुग्यो। लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै समान ३–३ विकेट हात पारे।

कप्तान रोहित पौडेलले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई क्रमशः पवेलियन फर्काए। रोहितले ४ ओभरमा मात्र १२ रन खर्चिएर खेलको धार नै मोडिदिए।

रुबेन ट्रम्पलम्यानले छोटो स्पेलमै उत्कृष्ट प्रदर्शन गर्दै २.१ ओभरमा ३ रन मात्र दिएर ३ विकेट लिए। शेर मल्लले पनि ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै विपक्षी ब्याटिङलाई दबाबमा राखे। तिलक भण्डारीले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए।

सुदूरपश्चिमतर्फबाट ओपनर इशान पाण्डेले सबैभन्दा धेरै ३३ रन बनाए। ५१ बल खेलेका उनले एक चौका प्रहार गर्दै एक छेउ सम्हाल्ने प्रयास गरे। चौथो विकेटका लागि इशान र कप्तान दीपेन्द्रबीच २५ रनको साझेदारी भए पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन पर्याप्त भएन।

कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन बनाए भने हर्मीत सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे। तर लगातार विकेट पतनले सुदूरपश्चिमको इनिङ्स टिक्न सकेन।

फाइनल खेलमा लुम्बिनी लायन्सको सशक्त बलिङ प्रदर्शनले एनपीएलको उपाधि नजिक पुर्‍याउने संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय