२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयले फेरि तातिएको छ। यही विषयमा चर्चा–परामर्श गर्न पार्टीका २४ केन्द्रीय सदस्यहरू बुधबार ललितपुरको कुपण्डोलमा भेला भएका छन्। बैठक अहिले जारी छ।

बैठकमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला सङ्ग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ उपस्थित छन्।

यी सदस्यहरूले केही समयअगाडि पार्टीका कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया सुरु गर्न माग गरेका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार आजको छलफलले ७ बुँदे मागको पुनः समीक्षा गर्नेछ । साथै, भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति पनि यही भेलाले तय गर्ने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय