२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित भारत भ्रमणका लागि नेपाल सरकारले उच्चस्तरीय तयारी गरिरहेको छ। तर, भारतीय पक्षले भने भ्रमणप्रति खासै रुचि देखाएको छैन। भारत सरकारले अहिलेसम्म औपचारिक निमन्त्रणा नै पठाएको छैन।

अनौपचारिक रूपमा भदौ ३१ र असोज १ गते भ्रमणको प्रस्ताव गरिएको भए पनि भारतीय प्रधानमन्त्रीको कार्यालय र सल्लाहकार समूहले तत्काल ओलीलाई स्वागत गर्न नहुने सुझाव दिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको अघिल्ला अभिव्यक्तिहरूले भारतीय पक्षलाई असन्तुष्ट बनाएको कारण उनको भ्रमणमा ढिलाइ भएको हो। ओली प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।

यसैबीच, भारतीय राजदूत नवीन श्रीवास्तव र ‘रअ’ का स्टेसन प्रमुख अंशु शर्माले हालै दिल्लीमा सरकारी प्रतिनिधिहरूसँग भेटवार्ता गरेर फर्किएका छन्। त्यसैगरी भारतले नेपालस्थित आफ्नो उप-राजदूत (डीसीएम) पनि फेरिसकेको छ। यी घटनाक्रमले ओलीको भारत भ्रमण थप पछि धकेलिन सक्ने सङ्केत देखिएको छ।

यता नेपाल सरकारले भने भ्रमणको तयारी तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण टोलीको खाका तयार गरिसकेको छ। २५ सदस्यीय टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सचिवालयका रमेश बज्राचार्य, सुरक्षा टोली, निजी चिकित्सक, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, गृह सचिव, एशिया हेर्ने सहसचिव, प्रोटोकल प्रमुख, विभिन्न दलका एक/एक जना सांसद (कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, जनमत, लोसपा), उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका अध्यक्ष सम्मलाई समेट्ने तयारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय