
चितवनमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकनजिक आज बिहान करिब ६ बजे वाग्मती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कारमा आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । कारमा रहेका मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
