२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन्।

‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ। साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ। राम्रा विमानस्थलहरू चाहिन्छन्, राम्रा विमानहरू चाहिन्छन्, विमान चढ्ने वातावरण चाहिन्छ। टुरिजम फस्टाउन पर्यटनमैत्री वातावरण चाहिन्छ।’

उनले नेपालका नागरिकलाई पौरखी जनशक्ति भन्दै विदेशिएका तीन लाख नेपालीहरूलाई उदाहरण स्वरूप प्रस्तुत गरे । ‘कामकै लागि तीन लाख मान्छे बाहिर छन्, काम गर्ने जाति हो भनेर नेपालीहरू दुनियाँमा प्रसिद्ध छन्,’ उनले भने।

प्रधानमन्त्री ओलीले विकासका लागि आत्मनिर्भरता अपरिहार्य रहेको उल्लेख गर्दै चीनको उदाहरण प्रस्तुत गरे। ‘अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्ब जनसंख्यालाई कसले खुवाउने? त्यस्तो देशले विकास कसरी ग‍र्यो? आफ्नै पौरखले विकास भएको हो,’ उनले भने।

उनले नेपालको विकास पनि बाह्य सहयोग मात्रले सम्भव नहुने र आफ्नै मेहनत, नीति तथा स्रोतसाधनको भरमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।


Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय