२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रूपन्देही कारागारमा पुगेर पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बसाइ र सुविधाबारे जानकारी लिएको छ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो। लामिछाने हाल ब्लक नम्बर ४ मा बस्दै आएका छन्। पछिल्ला दिनमा उनको कारागार बसाइबारे विभिन्न समाचार सार्वजनिक भएपछि आयोगले प्रत्यक्ष जानकारी लिन टोली पठाएको हो। टोलीसँगै आएका पत्रकारलाई भने सुरक्षाकर्मीले कारागार प्रवेशमा रोक लगाएका थिए।

यसैबीच, लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम बुझाएर जमानतमा रिहाइको माग गर्दै रूपन्देही जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ। यो मुद्दा न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ।

लामिछाने चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि उनी रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए।

साउन १९ गते दिएको निवेदनमा उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंकमा दाखिला गरिसकेको उल्लेख गरेका छन्। तर यसअघि दुईपटक तोकिएको पेशी उनको कानुनी टोलीको आग्रहमा स्थगित भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय