२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो | टि–२० विश्वकप छनोटमा नेपालको धमाकेदार सुरुवात | कांग्रेस पदाधिकारी बैठक आज असोज २६ को केन्द्रीय बैठक एजेन्डा तय हुने | मनसुन कमजोर बन्दै, देशका अधिकांश स्थानमा मौसम सफा रहने | विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ |

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको निवेदन जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको छ।

सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा दुवै पक्षका कानून व्यवसायीको बहसपछि अदालतले लामिछानेको मागअनुसार आदेश दिन नमिल्ने निर्णय सुनाएको हो। अदालतको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ का दफा ६८, ६९, ७१, सहकारी ऐन २०७४ को दफा १३१ (क) तथा सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिर सिद्धान्तका आधारमा जारी गरिएको हो।

लामिछानेले साउन १९ गते अदालतमा दिएको निवेदनमा आफ्नो भागको ठगी रकम बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंकमा दाखिला गरिसकेको उल्लेख गर्दै जमानतमा रिहाइको माग गरेका थिए। तर यसअघि मंगलबार र बुधबार तोकिएका पेशी उनीकै कानुनी टोलीको आग्रहमा स्थगित भएका थिए।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ। उनी चैत २५ गतेदेखि भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा छन्।

सोमबार सरकारी पक्षबाट सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलन र दामोदर गौतमले बहस गरेका थिए। बचाउ पक्षबाट महेन्द्र पाण्डे, राजेन्द्र थापा र नारायण कंडेलले सहकारी ऐनले मिलापत्रको व्यवस्था गरेको र सहकारी ठगी देखिएको नदेखिएको स्पष्ट नभएकाले थुनामा राख्नु अन्याय हुने तर्क प्रस्तुत गरेका थिए।

सरकारी पक्षले भने मुद्दा विचाराधीन रहँदासम्म निवेदनको प्रकृया नै गलत भएको दाबी गर्दै लामिछानेलाई थुनामुक्त गर्नु उपयुक्त नहुने मत राखेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय