२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई संसदमा सुशासनको पाठ नपढाउन चेतावनी दिएकी छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीको बिगो सहितको निवेदन अदालतमा पेश गरेर आफू दोषी भएको स्वीकार गरिसकेको दाबी गरिन्।

‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र र विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गर्नुभयो। तर, सभापतिको विषयमा हिजो रुपन्देही अदालतले गरेको निर्णयमा उहाँले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत रकम तिर्ने र बाहिरबाट मुद्दा लड्ने अनुमति दिन आग्रह गर्नुभएको थियो,’ उनले भनिन्, ‘अदालतले त्यो निवेदन अस्वीकार गर्‍यो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो, तर अदालतले छाड्न मानेन।’

सांसद न्यौपानेले मुद्दा टुंगिनुअघि सहकारी पीडितले बिगो बापतको रकम पाउँछन् कि भन्ने प्रश्न गर्दै, लामिछानेले शब्दमा खेल्दै जालझेल गर्न खोजेको आरोप पनि लगाइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय