२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल विद्युत् प्राधिकरणले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएको छ। भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली खरिदका लागि स्वीकृति दिएको हो।

यसअघि भारतलाई ८१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त थियो। नयाँ स्वीकृतिसँगै कुल क्षमता १,०१०.९ मेगावाट पुगेको छ। बंगलादेशलाई हुने ४० मेगावाटसहित नेपालको कुल निर्यात क्षमता १,०५०.९ मेगावाट भएको छ।

थप २०० मेगावाट विद्युत् यही साउन २६ गतेदेखि कात्तिक १४ गतेसम्म भारत निर्यात हुनेछ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको बिजुली पर्नेछ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। प्राधिकरणका अनुसार नयाँ अनुमति र आगामी स्वीकृतिहरूले यो वर्ष निर्यात दोब्बर हुने सम्भावना छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय