२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि भएको कारबाहीलाई ‘राजनीतिक प्रतिशोध’को रुपमा चित्रित गर्ने प्रयासप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमन्त्री, पूर्वसांसद, वहालवाला मेयरलगायत धेरै जनप्रतिनिधिहरू पनि अदालतको आदेशमा थुनामा रहेको उदाहरण दिए। “एउटा व्यक्तिमाथि मात्र प्रतिशोध भएको हो भने, थुनामा रहेका अरुमाथि के भएको हो?” भन्दै उनले प्रश्न गरे। अर्बौं रुपैयाँ अपचलनको आरोपमा सयौं व्यक्ति थुनामा रहेको तर एउटै प्रकरणलाई प्रतिशोधको रुपमा प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ।

ओलीले भीडद्वारा न्यायको हत्या गर्न खोज्ने र पेशेवर ‘मास म्यानिपुलेसन’को आक्रमणबाट राज्यका अङ्गहरूलाई जोगाउन आवश्यक रहेको बताए। संसदलाई लगातार अवरुद्ध गर्दै भावनात्मक र हानिकारक उत्तेजनामा मुलुकलाई लैजानु उचित नहुने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले भिजिट भिसामा विदेश गइ त्यहाँको नागरिकता लिएर पनि नेपालमा मन्त्रीसम्म भएका, वा विदेशमै दुई पटक विवाह गरेका व्यक्तिहरूले समेत सबै यात्रुलाई बदनाम गर्ने भाष्य फैलाएको आरोप लगाए। उनका अनुसार, यसमा मुलुक र नागरिकको हित नभई इमोशनल ब्ल्याकमेलिङमार्फत व्यक्तिगत स्वार्थ पुरा गर्ने प्रवृत्ति मात्र छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय