२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरिएको छ।

गृह मन्त्रालयको निर्देशनपछि कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गर्दै लामिछानेलाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाएको हो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार नै सरुवाको निर्णय गरेका हुन्। शर्माले विभागको जिम्मेवारी सम्हालेको दिनमै लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको प्रक्रिया अघि बढाइएको हो।

रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि लामिछानेलाई नक्खु कारागार पठाइने विभागले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय