२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नवगठित पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्यत रहेको टिप्पणी गरेका छन्।

शुक्रवार जनकपुरमा आयोजित मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको दाबी गरे। उनले यसतर्फ नागरिक सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

ओलीले मुलुकको शान्ति व्यवस्था खलबल्याउन र प्रतिगमनतर्फ लैजान केही तत्त्व सक्रिय रहेको आरोप लगाए। विगतका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले राजतन्त्र फर्काउने अभियानमा केही शक्ति लागिरहेको उल्लेख गरे।

“नेपाली नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेको छ,” ओलीले भने, “अब नयाँ ढंगले, नयाँ तरिकाले र नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ। कानून र संवादबाट हुने कुरा जोरजुलुम गरेर गर्ने परिपाटी अन्त्य गर्नैपर्छ।”

प्रधानमन्त्री ओलीले अँध्यारा दिन फर्काउन केही तत्त्व सक्रिय रहेको र जनतालाई नयाँ शक्ति भनेर भ्रममा पार्ने प्रवृत्ति मौलाइरहेको भन्दै त्यसप्रति सचेत रहन आह्वान गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय