२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई “राष्ट्रप्रति भएको भयानक घात” भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा बोल्दै खनालले एमसीसी सम्झौतामा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखिएको स्पष्ट उल्लेख गरिएको भन्दै यसलाई अत्यन्तै आत्मघाती भनेका हुन्।

उनले भने, “हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य कतै छुटेको छैन। यस्तो आत्मघाती सम्झौता राष्ट्रका नाममा हस्ताक्षर गर्नु भनेको देशलाई जोखिममा धकेल्नु हो।”

खनालले सम्झौता गर्दा राष्ट्रिय हित र अन्तर्राष्ट्रिय कानूनलाई प्राथमिकता दिनुपर्ने बताए। संविधान र राष्ट्रिय हित विपरीतका कुनै पनि सर्त स्वीकार गर्न नहुने भन्दै उनले एमसीसीमा दर्जनौँ सर्तहरु रहेको उल्लेख गरे।

यस्तै, उनले दबाब, धाक वा धम्कीका कारण कुनै पनि देश वा संस्थासँग सम्झौता गर्नु राष्ट्रघाती हुने चेतावनी दिए। उनका अनुसार, “एमसीसीका प्रतिनिधिहरुले धम्क्याएपछि देशका लालची नेताहरु लुरुक्क परेर हस्ताक्षर गरेका हुन्, यो आत्मसमर्पणवादी मानसिकताको परिणाम हो।”

खनालले यस्ता सम्झौताहरु प्रायः व्यक्तिगत लाभ, निजी स्वार्थ, गुटीय राजनीति र पारिवारिक स्वार्थका आधारमा हुने गरेको आरोप पनि लगाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय