२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय भएका छन्। आइतबार उनले जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई विशेष पत्र पठाउँदै विपिनको अवस्था पत्ता लगाई सुरक्षित मुक्त गरिदिन आग्रह गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार, पत्रमा राष्ट्रपति पौडेलले विपिनको सुरक्षित रिहाइ तथा शीघ्र स्वदेश फिर्तीका लागि जोर्डनको पहल अपरिहार्य रहेको उल्लेख गरेका छन्। उनले यस प्रयोजनमा चालिने मानवीय र कूटनीतिक कदमलाई नेपाल र नेपाली जनताले उच्च सम्मान गर्ने स्पष्ट पारेका छन्।

पत्रमा राष्ट्रपति पौडेलले नेपाल–जोर्डनबीचको मित्रवत सम्बन्धलाई अझै प्रगाढ बनाउन प्रतिवद्धता जनाउँदै, व्यापार, पर्यटन, श्रम आप्रवासन, लगानीदेखि सांस्कृतिक आदानप्रदानसम्म सहकार्य गर्न सकिने ठुलो सम्भावना रहेको पनि प्रष्ट पारेका छन्। साथै, राजा अब्दल्लाहको खाडी क्षेत्रमा मानवीय मूल्य र द्वन्द्व व्यवस्थापनमा देखाएको नेतृत्वको प्रशंसा गरेका छन्।

यसअघि विपिनको आमाबुबा र बहिनीले इजरायल भ्रमण गरी त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रत्यक्ष भेट गरेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए। नेपाल फर्केपछि उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर परिवारको पीडा सुनाएका थिए।

यद्यपि निरन्तर प्रयास भइरहे पनि विपिनको अवस्था अझै पत्ता लाग्न सकेको छैन। परराष्ट्र मन्त्रालयले “निजलाई खोजी गरी सुरक्षित मुक्त गरी स्वदेश ल्याउन नेपाल सरकार कुनै कसर बाँकी राख्दैन।” भनेको छ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय