२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ। ‘जेनजी आन्दोलन’को पृष्ठभूमिमा गठित अन्तरिम सरकारको नेतृत्व गर्दै आउनु भएकी प्रधानमन्त्री कार्कीले प्रत्यक्ष प्रसारणमार्फत सम्बोधन गर्नुभएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो।

सम्बोधनमार्फत उहाँले अन्तरिम सरकारले लिएको मुख्य निर्णय, आगामी निर्वाचन तथा जनअपेक्षालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यसअघि कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ।

जनआन्दोलनको मागअनुसार भ्रष्टाचार अन्त्य, सुशासनको प्रवर्द्धन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता प्रधानमन्त्री कार्कीले सम्बोधनमार्फत प्रस्तुत गर्ने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय