२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ। ‘जेनजी आन्दोलन’को पृष्ठभूमिमा गठित अन्तरिम सरकारको नेतृत्व गर्दै आउनु भएकी प्रधानमन्त्री कार्कीले प्रत्यक्ष प्रसारणमार्फत सम्बोधन गर्नुभएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो।

सम्बोधनमार्फत उहाँले अन्तरिम सरकारले लिएको मुख्य निर्णय, आगामी निर्वाचन तथा जनअपेक्षालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यसअघि कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ।

जनआन्दोलनको मागअनुसार भ्रष्टाचार अन्त्य, सुशासनको प्रवर्द्धन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता प्रधानमन्त्री कार्कीले सम्बोधनमार्फत प्रस्तुत गर्ने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय