२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारले जनताको चाहना र सबै राजनीतिक दलको सहमतिबाट बनेको सरकार भएकाले यसको पहिलो र मुख्य कार्यादेश समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन्  ।

बुधबार राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित अवलोकन कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचन देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासको दिशामा निर्णायक कदम हुने बाताए । उनले भने, “यो सरकार जेनजी आन्दोलनको जगमा बनेको हो, त्यसैले जनताको चाहना अनुसार समयमै निर्वाचन सम्पन्न गर्नु हाम्रो पहिलो जिम्मेवारी हो।”

मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगसँग समन्वय गर्दै निष्पक्ष र सुरक्षित वातावरण बनाउन तयारी तीव्र बनाइसकेको छ । उहाँले सञ्चार माध्यमहरूको भूमिका लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्णायक हुने भन्दै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए  ।

“सरकारसँग निर्वाचन मात्र होइन, सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गर्ने जिम्मेवारी पनि छ,” मन्त्री खरेलले थप्नुभयो, “त्यो म्याण्डेट पूरा गर्न हामी पूर्ण प्रतिबद्ध छौँ।”

खरेलले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूबीच निरन्तर संवाद भइरहेको र सबै पक्षले शान्तिपूर्ण, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री खरेलले राससजस्ता संस्थाहरूले जनतालाई विश्वसनीय सूचना पुर्‍याउने माध्यमका रूपमा अझ जिम्मेवार भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय