२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा ल्याउन संसद् पुनर्स्थापनाबाहेक कुनै विकल्प नभएको बताएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असंवैधानिक रूपमा गरिएको संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता जोड दिए। उनले भने, ‘असंवैधानिक ढंगले भङ्ग गरिएको संसद् पुनर्स्थापना नगरी देशलाई स्थायित्व र लोकतन्त्रको बाटोमा फर्काउन सकिँदैन।’

ओलीले यो मुद्दा केवल एमालेको नभई सम्पूर्ण लोकतान्त्रिक शक्तिको साझा सरोकार भएको दाबी गरे। उनले थपे, ‘मलाई विश्वास छ—कांग्रेसले पनि यही बाटो रोज्नेछ। अरू दलहरू पनि लोकतन्त्रको रक्षा गर्न यही दिशामा अघि बढ्छन्।’

पूर्वप्रधानमन्त्री ओलीले असंवैधानिक निर्णयको समर्थन गर्नेहरूले देशलाई संकटतर्फ धकेल्ने चेतावनी समेत दिए। ‘संविधानविपरीतको बाटोले देशलाई थप अफ्ठेरोमा पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले सबै दल र नागरिकले लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न एकजुट हुनुपर्ने समय आएको छ।’

उनका अनुसार संसद् पुनर्स्थापनाले मात्र जनप्रतिनिधित्वको मर्म जोगाउने र देशलाई पुनः राजनीतिक स्थायित्वतर्फ डोर्याउने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय