२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलसँग महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलको मुख्य एजेण्डा आगामी निर्वाचनसँग सम्बन्धित विषय रहने छ।

शुक्रबार अपराह्न ४ बजे हुने छलफल शीतलनिवासमा आयोजना गरिनेछ। यसअघि बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेलसँग शीतलनिवासमै भेटघाट गरी निर्वाचन तयारी र राजनीतिक परिस्थिति बारे जानकारी दिएका थिए।

राष्ट्रपतिको यो पहलले सबै दल र सरकारबीच समन्वय र सहमति बढाउने तथा निर्वाचन सुचारु, निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय