२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन् । आन्दोलन र चाडपर्वका कारण कार्यालय सञ्चालनमा कठिनाइ रहे पनि राजस्व संकलनको दर सामान्य रहन सफल भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

गत भदौको जेनजी आन्दोलनका क्रममा दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा तोडफोड र आगजनी हुँदा पनि असोजमा उल्लेख्य कारोबार भएको विभागको विवरणमा उल्लेख छ ।

विभागका अनुसार असोज महिनामा सेवा कर २१ करोड ३० लाख, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख र पुँजीगत लाभकर एक अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ ।

मालपोत कार्यालय चाबहिलले सबैभन्दा बढी २७ करोड ४२ लाख राजस्व संकलन गरेको छ भने आन्दोलनका क्रममा क्षति पुगेको कलङ्की मालपोतले पनि ४१ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । त्यसैगरी, बुटवल, दमक र मनमैजु मालपोत कार्यालयहरूले क्रमशः पाँच करोड, दुई करोड ८६ लाख र चार करोड ७७ लाख राजस्व संकलन गरेका छन् ।

गत असोज महिनामा देशभर २३ हजारभन्दा बढी लिखत पारित भएका छन् । त्यस्तै, ७९ हजार ७ सयभन्दा बढी घरजग्गा सम्बन्धी कारोबार दर्ता भएका छन् ।

विभागका अधिकारीहरूका अनुसार कार्यालयहरूको अवस्था सामान्य बन्दै गएसँगै आगामी महिनामा राजस्व संकलन दर अझ बढ्ने अपेक्षा गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय