२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबारदेखि विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। यसअघि समूहमा राजदूतहरूलाई भेट्दै आएका शाहले अब भारत, चीन र अमेरिकालगायतका प्रमुख कूटनीतिक प्रतिनिधिसँग एक–एक गरी भेटवार्ता गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ। त्यसैगरी, सोमबार दिउँसो ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने तय भएको छ।

मंगलबार भने उनले नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट उर्बोमसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बनेपछि शाहले विदेशी राजदूतहरूसँग सामूहिक रूपमा भेट गर्ने शैली अपनाउँदै आएका थिए। उनको उक्त शैलीलाई लिएर केही क्षेत्रमा कूटनीतिक प्रोटोकल र सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने तरिकामाथि प्रश्न उठ्दै आएको थियो।

अब भने प्रधानमन्त्री शाहले भारत, चीन र अमेरिकालगायतका महत्वपूर्ण मुलुकका राजदूतसँग प्रत्यक्ष र छुट्टाछुट्टै संवाद अघि बढाउने भएका छन्।

यसअघि प्रधानमन्त्री शाहले प्रोटोकलको विषय देखाउँदै भारतीय विदेश सचिवसँग भेट गर्न अस्वीकार गरेको र पछि सहसचिव तहका अधिकारीसँग भने छुट्टै भेट गरेको विषय पनि चर्चामा आएको थियो।

विदेशी राजदूतसँग सुरु हुन लागेको पछिल्लो भेटवार्तालाई प्रधानमन्त्री शाहको कूटनीतिक संवादको शैलीमा आएको बदलावका रूपमा हेरिएको छ। यद्यपि, सरकारले यसलाई औपचारिक रूपमा आफ्नो कूटनीतिक नीतिमा आएको परिवर्तनका रूपमा सार्वजनिक गरेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय