२०८२ चैत्र २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अवैध सम्पत्ति छानबिनमा देउवा दम्पती तानिए, पक्राउ पुर्जी जारी भएको दाबी | कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच शिष्टाचार भेट | राष्ट्रियसभा अन्तर्गत चार समितिका सभापतिले लिए शपथ | सिंहदरबार प्रवेश विवाद: कानुन व्यवसायीको पहुँच सहज बनाउन सुहाङको सरकारलाई ध्यानाकर्षण | बालेनको नयाँ कूटनीतिक पहल: सबै राजदूतसँग एकैपटक सामूहिक भेट | नयाँ सरकारसँगै लाइसेन्स छपाई तीव्र, १० दिनमै १ लाख ६२ हजार लाइसेन्स छापियो | ललितपुरमा सवारी दुर्घटना, सशस्त्रका अवकाशप्राप्त एसपी र आमाको निधन | रास्वपाले पठायो मोहनलाल आचार्यलाई संविधान संशोधन कार्यदलमा | मन्त्रिपरिषद्को निर्णय: डा. भट्टलाई आयोगको उपाध्यक्ष जिम्मेवारी | प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूको मर्यादाक्रममा फेरबदल : पाँचौमा झरे सुधन |

मिथिलाञ्चलमा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। जनकपुरधामका गङ्गासागर, दशरथ तलाउ, अरगजासर, मटकोरर्वा पोखरीलगायतका घाटहरूमा सरसफाइ र सजावटको अन्तिम तयारी भइरहेको छ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष घाटमा सुरक्षा, प्रकाश र व्यवस्थापन विगतभन्दा राम्रो बनाइएको छ। उनले अघ्र्यका लागि प्रतिपरिवार ६०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिए। “सबैले दिनुहुन्न, तर सबै श्रद्धापूर्वक अघ्र्य राख्न आउनुहुन्छ,” गुप्ताले भने।

अरगजासर छठ समितिका सचिव वीरेन्द्र कर्णले पनि तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार यस पोखरीमा हिन्दूका साथै मुस्लिम समुदायका सदस्यले पनि सहकार्यका साथ सहभागी हुने गरेका छन्। “अघ्र्य राख्नेहरूबाट दबाब बिना सहयोगस्वरूप रकम संकलन गर्छौं,” उनले भने।

शान्ति सुरक्षाको जिम्मा प्रहरीले सम्हाल्नेछ। स्थानीयका अनुसार यस वर्ष अरगजासर पोखरीमा पाँच हजारभन्दा बढी अघ्र्य रहने अनुमान छ।

छठ पर्वमा प्रयोग हुने बाँस र माटोका सामग्रीहरूको बजारमा ठूलो माग देखिएको छ। जनकपुरधामका बजारहरूमा घैँटो, टोकरी, नाङ्लो, कनसुपती र माटोका हात्ती जस्ता सामग्री किन्ने भीड बढेको छ। मिथिलानीहरूले घरमै उत्पादन भएका गहुँ, चामल र अन्न प्रयोग गरेर छठको परिकार तयार पार्ने परम्परा निरन्तरता दिइरहेका छन्।

चार दिनसम्म मनाइने यो पर्व आज ‘नहाय–खाए’ विधिबाट सुरु भएको हो। आइतबार ‘खरना’ गरिन्छ, सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिन्छ।

जनकपुरधामका घाटहरू अहिले झिलिमिली बत्ती र रंगीबिरंगी सजावटले उज्यालो बनेका छन्। श्रद्धालुहरू सूर्य देवतालाई अर्घ दिनको तयारीमा व्यस्त छन्, जसले मिथिलामा भक्तिभाव र उत्साहको वातावरण थपिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय