२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनको तयारीका लागि कार्तिक १५ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकले महाधिवेशनसम्बन्धी मुख्य निर्णयहरू गर्ने पार्टी स्रोतले जनाएको छ ।

असोज २९ देखि ३१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । अब सचिवालय बैठकले त्यसको विस्तृत कार्ययोजना तय गर्नेछ ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशन प्रतिनिधि छनोटको विधि, उपसमिति गठन, नारासहितको लोगो तय गर्ने र स्थानीय आयोजकसँग समन्वयका विषयमा निर्णय गर्नेछ । उनका अनुसार बैठकपछि महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गरिनेछ ।

यसैबीच, गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको आगलागीपछि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पालमुनी अस्थायी रूपमा सञ्चालन भइरहेको छ, जहाँबाट महाधिवेशन तयारीसमेत तीव्र रूपमा अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय