२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा एमालेका नेता महेश बस्नेतले जेनजीको नाममा भएका गतिविधिमा अवरोध आए प्रतिरोध गर्ने चेतावनी दिएका छन्। उनले शुक्रबार बबरमहलमा युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि गरिएको प्रदर्शनको नेतृत्व गर्दै यस्तो बताएका हुन्।

बस्नेतले जेनजीहरूसँगको सम्पर्क कायम रहेको तर केही तत्वहरूले उनीहरूको नाम र ब्यानर भजाएर गलत गतिविधि गर्दै आएको दाबी गरे। उनले भने, “जेनजीको नाममा जहाँ अवरोध हुन्छ त्यहाँ प्रतिरोध हुनेछ।”

नेता बस्नेतले जेनजी आन्दोलनका घाइते र शहीदहरूको न्यायका लागि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको पनि बताए। साथै, पालिका, वडा र टोलटोलमा सुरक्षा व्यवस्थापनका लागि फोर्स गठन गरिने जानकारी दिए।

बस्नेतले राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने जस्ता गतिविधि हुनेबित्तिकै टुलुटुलु बसेर नहेर्ने स्पष्ट चेतावनी दिएका छन्। उनले विभिन्न पेशागत संस्थासँग पनि सहकार्य गर्ने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय