२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले आगामी केही दिनमै राजीनामा दिने दाबी गरेका छन्। शुक्रबार एमालेलिनै आयोजित नेसनल युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीलाई सक्रिय राजनीतिबाट अलग हुने सुझाव पनि दिएका हुन्।

बस्नेतले सुशीला कार्कीलाई ‘राजनीतिबाट बिदा लिएर’ छोराछोरीको साथमा बेलायतमा बस्दै बिरामी पति र आफ्नो स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने टिप्पणी गरे। उनका अनुसार भृकुटीमण्डपमा भोलि आयोजना हुने सभामा उपत्यका र छिमेकी जिल्लाबाट करिब ६० हजार एमाले कार्यकर्ता सहभागी हुनेछन्।

उनले प्रधानमन्त्री कार्कीलाई आफूले ‘राजनीतिले अचानो बनायो’ भन्ने धारणा दोहोर्याउन नहुने सुझाव दिँदै, सरकार चलाउने जिम्मा राजनीतिक दल र तिनका नेताहरूका हातमै रहनुपर्ने उल्लेख गरे।

बस्नेतले मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेका स्टाटसले देशलाई अस्थिरतामा धकेल्ने प्रयास भएको आरोप लगाउँदै अब राष्ट्रिय युवा स्वयंसेवक फोर्सले लोकतन्त्र र स्थिरताको रक्षा गर्ने दाबी गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय