२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि पार्टी तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ। प्रत्यक्ष तर्फ १६५ क्षेत्र र समानुपातिक समावेशी प्रणालीअन्तर्गत ११० सदस्यका लागि आवेदन मंसिर २५ सम्म खुला रहेको पार्टीले जनाएको छ। इच्छुक उम्मेदवारका लागि आवश्यक फाराम तथा विस्तृत जानकारी पार्टीको संघीय कार्यालय र आधिकारिक वेभसाइटमा उपलब्ध छ।

पार्टीले मङ्सिर १७ गते आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्दै देशको निर्वाचन र शासकीय संरचनामा व्यापक सुधार आवश्यक भएको निष्कर्ष प्रस्तुत गरेको थियो । घोषणापत्रले समानुपातिक सांसद एक कार्यकाल मात्र हुने व्यवस्था, स्थानीय तहमा गैरदलीय चुनाव, र संघीय संरचनाको पुनरावलोकन जस्ता विषयमा जोड दिएको छ।

संघीयता र शासन प्रणालीमा ‘व्यावहारिक सुधार’को प्रस्ताव

घोषणापत्रमा संघीयताको अभ्यासलाई परिणाममुखी बनाउन प्रदेश तथा स्थानीय तहको संरचना जनसङ्ख्या, भूगोल र आर्थिक सम्भावनाअनुसार पुनर्समीक्षा गरिनुपर्ने उल्लेख छ। मन्त्रालयको सङ्ख्या सम्बन्धी व्यवस्थामा पनि पुराना अध्ययनका आधारमा पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ।

संविधानलाई “गतिशील दस्तावेज” को रूपमा व्याख्या गर्दै पार्टीले आवश्यक पढेअनुसार केही व्यवस्थाहरू सुधार गर्नुपर्ने तर्क राखेको छ। मन्त्री छनोट प्रक्रियामा सुधारका लागि सांसद नभएकालाई मन्त्री बनाउन सकिने तर संवेदनशील मन्त्रालयका प्रमुख–मन्त्री भने संसद् सदस्यकै हुनुपर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

भ्रष्टाचार विरुद्ध कडा नीति, राज्यको दायित्व विस्तार

घोषणापत्रले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अपनाउने र अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ। साथै राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई ‘राज्यको अनिवार्य दायित्व’ बनाउने लक्ष्य राखिएको छ।

स्वदेश र विदेशमा रहेका सक्षम र मेधावी नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै उज्यालो नेपाल पार्टीले स्वदेशी पुँजी परिचालनमार्फत रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना पनि सार्वजनिक गरेको छ।

May be an image of text that says 'उज्यालो नेपाल पार्टी प्रतिनिधि सभा निर्वाचन २०८२ प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) १६४ निर्वाचन क्षेत्र र समानुपातिक तरफ 990 (क्लष्टर अनुसार) पार्टीको तफबाट उम्मेदवार हुन उज्यालो नेपाल पार्टीको आवेदन आह्यान २०८२ मसिर २੯ सम्म आवेदन खुला गरिएको छ आवेदन फाराम तथा छनौट प्रक्रिया सम्बन्ी विस्तृत जानकारी पार्टीको संघीय कार्यालय वा अधिकारिक वेभसाइट www. w.unp.org.np unp. org.np मा उपलब्ध ច थप जानकारी आवश्यक परेमा info@unp.org.np मा इमेल गर्न सकिनेछ'

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय