२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनासम्बन्धी छानबिनका लागि आयोगसमक्ष उपस्थित हुनु अपरिहार्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सामाजिक सञ्जाल बन्द प्रकरण र त्यसपछि भएको घटनाक्रम दुवैको निष्पक्ष छानबिन आवश्यक भएको र त्यसका लागि अध्यक्ष ओलीले बयान दिनु सामान्य प्रक्रिया भएको बताएका हुन्।

पोखरेलले सामाजिक सञ्जाल खुला रूपमा उपयोग गर्न पाउनु नागरिकको अधिकार भएकाले त्यसको पक्षमा आफूहरू पहिल्यैदेखि रहेको स्पष्ट पार्दै अहिले उत्पन्न विवादले दुवै पक्षको छानबिन अनिवार्य बनाएको बताए। “दोषी जो–जसै हुन्, कारबाही हुनुपर्छ,” उनले भने, “अध्यक्षलाई बयान दिन जान्नुपर्छ भनेर सोध्नुभयो भने, म भए पहिले नै गएर प्रक्रिया पूरा गर्थें।”

छानबिन आयोगप्रति केही आरक्षण रहेको स्वीकार गर्दै उनले आयोगका अध्यक्षको निष्पक्षता विषयमा उठेका प्रश्न उचित रूपमा सम्बोधन हुनुपर्ने बताए। “आयोग प्रमुखले विगतमा २३–२४ को घटनाबारे आफ्नो धारणा सार्वजनिक रूपमा राखिसक्नु भएको छ,” पोखरेलले भने, “त्यसैले निष्पक्षतासम्बन्धी प्रश्न उठ्नु स्वाभाविक हो, तर प्रक्रियालाई अवज्ञा गर्नु मिल्दैन।”

पछिल्ला दिनमा अध्यक्ष ओलीले आयोगमा बयान दिन नजाने संकेत दिएका थिए। यसैबीच, आवश्यक परे प्रहरी परिचालन गरेर बयान लिने तयारी आयोगले गरिरहेको खबर सार्वजनिक भइसकेको छ। यिनै परिस्थितिका बीच पोखरेलको वक्तव्यलाई ओली पक्षबाट आएको महत्त्वपूर्ण संदेशका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय