२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज सिंहदरबारमा बिदाइ भेटवार्ता भएको छ। आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्किन लागेका राजदूत सोङले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्ष, आपसी सहयोग र साझा हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत सोङले चीन नेपालका लागि नजिकको मित्र राष्ट्र भएको उल्लेख गर्दै विकास निर्माणका विविध क्षेत्रमा चीनले निरन्तर सहयोग गर्दै आएको बताए। उनले भविष्यमा पनि यो सहयोग यथावत् रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले राजदूत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै उनको आगामी यात्राको सफलताको कामना गरिन्। साथै उनले नेपाल एक–चीन नीतिप्रति दृढ रूपमा प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्रीले चीनबाट विगतझैँ आगामी दिनमा पनि नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा रहेको कुरा समेत राखिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय