२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ संस्करणको किन्डर ओलम्पिकको मस्कट औपचारिक रूपमा सार्वजनिक गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा मस्कट अनावरण गर्दै उनले किन्डर ओलम्पिकको टर्च नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई हस्तान्तरण गरे ।

कार्यक्रममार्फत राष्ट्रपतिले बालबालिकाको खेलकुद विकास र प्रतिभा अभिवृद्धिमा किन्डर ओलम्पिकको भूमिकालाई महत्वपूर्ण भन्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, सहयोग र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने बताए ।

नेपाल विद्यालय खेलकुद महासंघका अनुसार १३औँ किन्डर ओलम्पिक पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका विद्यालयका विद्यार्थी खेलाडीहरू सहभागी हुनेछन् ।

किन्डर ओलम्पिकअन्तर्गत एथलेटिक्ससहित विभिन्न १२ खेल विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ । बालखेलाडीहरूका लागि सुरक्षित र प्रोत्साहनमूलक वातावरणमा आयोजना हुने यस ओलम्पिकले विद्यालयस्तरको खेलकुदलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

महासंघले किन्डर ओलम्पिकमार्फत सानै उमेरदेखि खेलकुद संस्कृतिको विकास गर्दै भावी राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय