काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ । छलफलमा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।
प्राप्त जानकारीअनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित निवासमा दुई नेताबीच वान–टु–वान छलफल चलिरहेको हो । भेटमा समसामयिक राजनीतिक विषय र भावी योजनाका विषयमा गम्भीर संवाद भइरहेको स्रोतले जनाएको छ ।
शनिबार जेलमुक्त भएपछि रवि लामिछानेले राजनीतिक गतिविधि तीव्र बनाएका छन् । सोही क्रममा बालेन साहसँगको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
