२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ।

आइतबार आयोगमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषय समेटेर ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिनुभयो।

आयोगका अनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन्। प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने व्यवस्था गरिएको छ।

निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने आयोगले जनाएको छ। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्नेछ। टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अंकित सामग्री वितरण तथा प्रयोग गर्न नमिल्ने पनि आयोगले स्पष्ट पारेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिताको पूर्ण पालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने बताउनुभयो। उल्लंघन भएको पाइएमा सचेत गराउनेदेखि दण्ड जरिवाना र उम्मेदवारी खारेजीसम्मको सजायको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।

आचारसंहिता राजनीतिक दल र सरोकारवाला पक्षसँग विचार–विमर्श गरेर तयार गरिएको उल्लेख गर्दै उहाँले दल र उम्मेदवारहरूले यसको पालना गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो।

आचारसंहिता उल्लंघन गरेमा ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो।

त्यसैगरी मतदाता शिक्षाका लागि आयोगले बजेट विनियोजन गरिसकेको र सो बजेट सही ठाउँमा खर्च भए–नभएको विषयमा समेत आयोगले नजिकबाट अनुगमन गरिरहेको भण्डारीले बताउनुभ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय