२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

 नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै त्यस्ता सबै कसरत निस्तेज पार्नुपर्ने बताएका छन्।

एमाले निर्धारित समयमै निर्वाचन गरिनुपर्ने पक्षमा रहेको उल्लेख गर्दै ओलीले पार्टी सुरुदेखि नै निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा अडान राख्दै आएको बताए। विभिन्न बहानाबाजी गर्दै देशलाई अराजकतातर्फ धकेल्ने र सामाजिक सहिष्णुतामा असर पार्ने गतिविधि भइरहेको भन्दै उनले निर्वाचन भाँड्ने षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरे।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले आइतबार दमकमा आयोजित कार्यक्रममा बोल्दै सरकार, राजनीतिक दल र उम्मेदवारले निर्वाचनका लागि गरेको तयारी र लगानी खेर जान दिन नहुने बताए।

“जस्तोसुकै परिस्थिति आए पनि निर्वाचन रोकिनु हुँदैन,” ओलीले भने, “सरकार यसमा गम्भीर बन्नुपर्छ र निर्वाचनलाई निष्पक्ष तथा भयरहित बनाउन आवश्यक कदम चाल्नुपर्छ।”

एमाले कुनै अलमल नगरी निर्वाचनको पक्षमा उभिने र यसपटक सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदाउने दाबी पनि उनले गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय