२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले) ले आज पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

स्मृति दिवसको अवसरमा एमालेले देशका विभिन्न स्थानमा स्मृतिसभा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम आयोजना गरेको छ।

मदननगर बल्खुमा विशेष स्मृति कार्यक्रम आयोजना गरिएको छ भने गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी हुँदैछ।

जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रमुख प्रणेताका रूपमा मान्दै आएको छ।

यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा दुई नेतालाई गुमाउनुपरेको स्मरण गरेका छन्।

ओलीले समय बित्दै जाँदा पुराना घाउका पीडा झन् गाढा हुँदै जाने बताएका छन्। “घाउहरू पुराना भए पनि तिनको दुखाइको स्मृति अझ गहिरो हुँदै जान्छ,” उनले स्मरण सन्देशमा उल्लेख गरेका छन्।

मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै ओलीले जनताको बहुदलीय जनवाद निर्माणको अभियानमा आफूले नजिकबाट सहकार्य गरेको स्मरण गरेका छन्।

उनले पछिल्लो दशकमा उक्त विचारले मानवीय तथा भौतिक पूर्वाधार विकासमा समेत परिवर्तन ल्याउन थालेको दाबी गरेका छन्।

ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रज नेताहरू शारीरिक रूपमा आफूमाझ नभए पनि उनीहरूको विचार र योगदान अहिले पनि राजनीतिक यात्रामा ‘दीपस्तम्भ’ जस्तै रहेको बताएका छन्।

उनले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको समेत उल्लेख गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय