२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकारको पहिलो सय दिनको कार्यकाल पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।

शनिबार बुटवलमा आयोजित नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको बताएका हुन्।

उनले सरकार गठनका बेला गरिएका प्रतिबद्धता र सिर्जना गरिएको अपेक्षाअनुसार काम हुन नसकेको दाबी गर्दै सरकारको सय दिनको कार्यकाल सफल नरहेको बताए।

प्रचण्डले भने, ‘जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यो अनुसार सरकार पूर्ण असफल देख्छु।’

उनले वर्तमान राजनीतिक परिस्थितिमा केवल वाम एकताभन्दा पनि एमाले र कांग्रेससहितको सहकार्य आवश्यक रहेको धारणा पनि राखे।

लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक प्रचण्डसँगै सहसंयोजक माधव नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय