२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई संसदमा सुशासनको पाठ नपढाउन चेतावनी दिएकी छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीको बिगो सहितको निवेदन अदालतमा पेश गरेर आफू दोषी भएको स्वीकार गरिसकेको दाबी गरिन्।

‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र र विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गर्नुभयो। तर, सभापतिको विषयमा हिजो रुपन्देही अदालतले गरेको निर्णयमा उहाँले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत रकम तिर्ने र बाहिरबाट मुद्दा लड्ने अनुमति दिन आग्रह गर्नुभएको थियो,’ उनले भनिन्, ‘अदालतले त्यो निवेदन अस्वीकार गर्‍यो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो, तर अदालतले छाड्न मानेन।’

सांसद न्यौपानेले मुद्दा टुंगिनुअघि सहकारी पीडितले बिगो बापतको रकम पाउँछन् कि भन्ने प्रश्न गर्दै, लामिछानेले शब्दमा खेल्दै जालझेल गर्न खोजेको आरोप पनि लगाइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय