२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नवगठित पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्यत रहेको टिप्पणी गरेका छन्।

शुक्रवार जनकपुरमा आयोजित मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको दाबी गरे। उनले यसतर्फ नागरिक सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

ओलीले मुलुकको शान्ति व्यवस्था खलबल्याउन र प्रतिगमनतर्फ लैजान केही तत्त्व सक्रिय रहेको आरोप लगाए। विगतका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले राजतन्त्र फर्काउने अभियानमा केही शक्ति लागिरहेको उल्लेख गरे।

“नेपाली नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेको छ,” ओलीले भने, “अब नयाँ ढंगले, नयाँ तरिकाले र नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ। कानून र संवादबाट हुने कुरा जोरजुलुम गरेर गर्ने परिपाटी अन्त्य गर्नैपर्छ।”

प्रधानमन्त्री ओलीले अँध्यारा दिन फर्काउन केही तत्त्व सक्रिय रहेको र जनतालाई नयाँ शक्ति भनेर भ्रममा पार्ने प्रवृत्ति मौलाइरहेको भन्दै त्यसप्रति सचेत रहन आह्वान गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय