२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई शील, सौजन्य र उदारताको पर्व भएको बताएका छन्। तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वलाई केवल गीत–नृत्यमा मात्र सीमित गर्ने गलत धारणा रहेको उल्लेख गर्दै यसको मूल सम्बन्ध ब्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझिन्छ। तर यसको वास्तविक पक्ष आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सव हो।” उनले विज्ञानले समेत ब्रतलाई स्वास्थ्यका दृष्टिले फाइदाजनक मान्न थालेको उल्लेख गर्दै संस्कृतिको गहिरो जडलाई आत्मसात गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता, दाम्पत्य सुदृढीकरण र पारिवारिक आत्मीयता बढाउने पर्वको रूपमा लिएको छ। संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको यो पर्वले परिवारमा आत्मीयता, दाम्पत्य जीवनमा उल्लास र समाजमा सौहार्द फैलाउने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले भने, “सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना। यस पर्वले हाम्रो संस्कृतिको समृद्धि र सामाजिक एकतालाई अझ सबल बनाओस्।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय