२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई शील, सौजन्य र उदारताको पर्व भएको बताएका छन्। तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वलाई केवल गीत–नृत्यमा मात्र सीमित गर्ने गलत धारणा रहेको उल्लेख गर्दै यसको मूल सम्बन्ध ब्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझिन्छ। तर यसको वास्तविक पक्ष आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सव हो।” उनले विज्ञानले समेत ब्रतलाई स्वास्थ्यका दृष्टिले फाइदाजनक मान्न थालेको उल्लेख गर्दै संस्कृतिको गहिरो जडलाई आत्मसात गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता, दाम्पत्य सुदृढीकरण र पारिवारिक आत्मीयता बढाउने पर्वको रूपमा लिएको छ। संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको यो पर्वले परिवारमा आत्मीयता, दाम्पत्य जीवनमा उल्लास र समाजमा सौहार्द फैलाउने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले भने, “सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना। यस पर्वले हाम्रो संस्कृतिको समृद्धि र सामाजिक एकतालाई अझ सबल बनाओस्।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय