२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई “राष्ट्रप्रति भएको भयानक घात” भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा बोल्दै खनालले एमसीसी सम्झौतामा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखिएको स्पष्ट उल्लेख गरिएको भन्दै यसलाई अत्यन्तै आत्मघाती भनेका हुन्।

उनले भने, “हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य कतै छुटेको छैन। यस्तो आत्मघाती सम्झौता राष्ट्रका नाममा हस्ताक्षर गर्नु भनेको देशलाई जोखिममा धकेल्नु हो।”

खनालले सम्झौता गर्दा राष्ट्रिय हित र अन्तर्राष्ट्रिय कानूनलाई प्राथमिकता दिनुपर्ने बताए। संविधान र राष्ट्रिय हित विपरीतका कुनै पनि सर्त स्वीकार गर्न नहुने भन्दै उनले एमसीसीमा दर्जनौँ सर्तहरु रहेको उल्लेख गरे।

यस्तै, उनले दबाब, धाक वा धम्कीका कारण कुनै पनि देश वा संस्थासँग सम्झौता गर्नु राष्ट्रघाती हुने चेतावनी दिए। उनका अनुसार, “एमसीसीका प्रतिनिधिहरुले धम्क्याएपछि देशका लालची नेताहरु लुरुक्क परेर हस्ताक्षर गरेका हुन्, यो आत्मसमर्पणवादी मानसिकताको परिणाम हो।”

खनालले यस्ता सम्झौताहरु प्रायः व्यक्तिगत लाभ, निजी स्वार्थ, गुटीय राजनीति र पारिवारिक स्वार्थका आधारमा हुने गरेको आरोप पनि लगाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय