२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग गरेको भेटघाटबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाप्रति सचिवालयले आपत्ति जनाएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले विज्ञप्ति जारी गर्दै भदौ ११ गते भएको उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंका प्रतिनिधिसँग गरिएको साधारण अनौपचारिक छलफल मात्र भएको स्पष्ट पारेको हो।

सचिवालयका अनुसार सो दिनै अध्यक्ष ओलीले ललितपुरका जिल्ला अध्यक्ष र पदाधिकारीहरूसँग पनि भेटघाट गरेका थिए। तर कार्यक्रममा ओलीले नभनेका भनाइहरू जस्तै – ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन’ – जस्ता अभिव्यक्तिहरू गलत र मनगढन्ते रूपमा प्रचार गरिएको उल्लेख छ।

भेटघाटमा ओलीले वाम आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, व्यक्तिगत स्वार्थका कारण आन्दोलनलाई पुगेका असर, पार्टीको नीति तथा केन्द्रीय कमिटीका पछिल्ला निर्णय, र वर्तमान सरकारका कामबारे आफ्नो धारणा राखेका थिए। साथै, उनले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति सम्मान व्यक्त गर्दै तर पार्टीमा प्रवेश गर्ने उनको तरिकाप्रति असहमति जनाएको सचिवालयले जनाएको छ।

ओलीले भण्डारीलाई सम्मानजनक राजनीतिक हैसियत कायम राख्न आग्रह गरेको उल्लेख गर्दै सचिवालयले अनौपचारिक भेटका भनाइलाई तोडमोड गरी गलत सन्देश नफैलाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय